ईन्सपेक्टरमाथि चोरीको आरोप लागेपछि धरापमा जागिर



काठमाडौ : एकजना प्रहरी निरीक्षकमाथि चोरीको आरोप लागेको छ । चोरीको आरोप लागेपछि अनुसन्धान गर्दै जाँदा चोरी गरेको पुष्टि भएपछि उनको जागिर धरापमा परेको छ । काठमाडौ स्थित प्रैहरी मुख्यालयका अनुसार प्रहरी निरीक्षक अवधकिशोर ओझा माथि एक्साभेटरको पार्टपुर्जा चोरी गरेको आरोप लागेपछि छानविन भएको छ । ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक ओझा एक्साभेटरका पाटपुर्जा चोरीमा दोषी देखिएपछि उनको जागिर धरापमा परेको हो । प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कुमार कार्कीले चोरीकाण्डबारे प्रदिवेदन अध्ययन गरिरहेका छन् । त्यसपछि ओझामाथि विभागीय कारबाही गरिने कार्कीले बताए ।

जिल्ला वन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको एक्साभेटरका पाटपुर्जा प्रहरी कार्यालयबाटै रहस्यमय तरिकाले चोरि भएको थियो । प्रदेश प्रहरी कार्यालय जनकपुरले गरेको छानबिनमा उनकै दोषी देखिएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
गत फागुनमा पोखरी खनेर जंगलको जग्गामा क्षति र्पुयाएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरीयाबाट एक्साभेटर प्रहरीलाई जिम्मा लगाएको थियो। तर एक्साभेटर धनी जनुलाल महतोले बालुवा बासिङ्ग उद्योगीसँग मिलेर प्रहरीले करिब ६ लाख बराबरको पाटपुर्जा बिक्री गरेको प्रहरीमा उजुरी दिएपछि प्रदेश प्रहरी कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

प्रहरी उपरीक्षक उमाशंकर पंजियारको संयोजकत्वमा गठित ३ सदस्यीय छानबिन समितिले पाटपुर्जा चोरीको घटनामा प्रहरी निरीक्षक ओझा दोषी देखिएको ठहर गरी उनलाई विभागीय कारबाही गर्ने निष्कर्ष सहितको प्रतिवेदन बिहीवार प्रदेश २ का प्रहरी प्रमुख कार्कीलाई प्रदिवेदन बुझाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्