विदेशबाट ल्याएकाे चकलेट दिने बहानामा उखुबारी लगेर बालिका बलात्कार



जनकपुरधाम : गणेशमान चारनाथ नगरपालिका ५ सढियामा सात वर्षीया बालिकालाई घरमै सुतिरहेको अवस्थामा स्थानीय एक युवाले बलात्कार गरेका छन् ।

 

सोमबार राति १० बजे स्थानीय २५ बर्से रोशन बस्नेतले चकलेट दिने बहानामा घरबाट पर उखुघारीमा लागी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

बलात्कृत बालिकाको अवस्था गम्भीर भएपछि स्थानीय स्तरमा उपचार सम्भव नहुँदा थप उपचारको लागि राति नै बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

 

उहाँका अनुसार बलात्कार गर्ने युवक बस्नेतलाई राति नै पक्राउ गरी मेडिकल परीक्षणका लागि बालिकासँगै धरान पठाइएको छ ।

 

स्थानीयका अनुसार बलात्कृत बालिकाकी आमा दृष्टिविहीन छिन् । राति जाँड खाएर मातेका बस्नेत आफ्नो दाइले विदेशबाट चकलेट ल्याइदिएको र चकलेट दिन आएको भन्दै बालिकाको घरको ढोका खोल्न लगाएका थिए । त्यसपछि बालिकालाई लिएर उनले पर उखुघारीमा लगेर बलात्कार गरेका  थिए ।

 

बालिकाकी आमाले बस्नेतको बोली सुनेपछि उनलाई त्यसैको आधारमा चिनेको बताइन् । छोरी बेपत्ता भएपछि बालिकाकी आमाले गाउँले गुहारेकी थिइन् । गाउँकाले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।

 

उखुघारीमा बालिका रक्ताम्य निर्वस्त्र फेला परेकी थिइन् । प्रहरीका अनुसार तत्कालै बस्नेतलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्