१० लाख पाउने सहमतिमा परिवारले शव उठाए



कैलाली : कञ्चनपुरको महेन्द्रनगर लालपुर सबस्टेशनमा मृत भेटिएका सुरक्षागार्डको शव तीन दिनपछि आफन्तले बुझेका छन् । आश्वयक क्षतिपुर्तिको माग गर्दै मृतकका परिवार र स्थानीयले तीन दिनदेखि शव बुझ्न मानेका थिएनन् । 

 

घटनाको छानविन गर्ने, मृतकका परिवारलाई योग्यताअनुसारको विद्युत कार्यालयमा रोजगारी दिने र राहतस्वरुप १० लाख उपलब्ध गराउने लगायत विषयमा सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय सहमतिपछि मृतकका परिवारले शव बुझेका हुन् । 

 

सहमतिपछि लगातार तीन दिनदेखि अवरुद्ध विद्युत सेवा पनि सुचारु भएको छ । मृतक चन्द्रदेव भट्टको शवलाई पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

 

आइतबार बिहान भीमदत्तनगरपालिका वडा नम्बर १९ बागफाँटा घर भएका विद्युत सबस्टेसनमा कार्यरत सुरक्षागार्ड चन्द्रदेव भट्टको मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस्