प्रधानमन्त्री ओलीको शुभकामना


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुभकामना दिदै ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा बडादशैँले हामी सबैलाई प्रेरणा दिन सकोस् भन्नुभएको छ ।

बडादशैँको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर हामी अहिले समृद्धिको यात्रामा छौँ । यस यात्रामा समृद्धिसँगसँगै समाजलाई सभ्य, मित्रतापूर्ण, शान्तिपूर्ण र आत्मीयतापूर्ण समाजका रूपमा पनि विकास गर्न सबैको ध्यान जानु आवश्यक छ । ”

दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड हो भन्दै उहाँले आफन्त र छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड बडादशैँलाई सकेसम्म भव्यताका साथ मनाउन पनि जोड दिनुभएको छ ।

बडादशैँ भव्यतासाथ मनाइरहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलन तोड्दै जानु पनि आवश्यक रहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “दशैँमा स्वास्थ्य, मित्रता, सामाजिक शान्ति र छिमेकीलाई प्रतिकूल असर नपरोस् भनी ध्यान
दिनुपर्छ । यस चाडले परिवार, छिमेक, आफन्तमा स्नेह, मायाममता र सद्भाव फैलियोस् । ”
प्रधानमन्त्री ओलीले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा बडादशैँले जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यसरी नै योगदान दिँदै जान सकोस् भन्नुभएको छ । चाडहरू बढी खर्चालु नहोऊन्, हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन सकौँ भन्दै उहाँले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद