नेपाल प्रहरीले आजबाट निःशुल्क बस चलाउदै यस्तो छ रुट



काठमाडौं : नेपाल प्रहरीले आज महाअष्टमीदेखि विजया दशमीसम्म तीन दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ । दसैंमा यात्रुको सहजताका लागि भन्दै प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकामा दुई ओटा बस सेवा सञ्चालन गर्न लागेको प्रहरी मुख्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार। आज बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्ने बस सेवाको रूट नं १ मा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नपार्क, नागस्थान, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक छन् ।

यस्तै, रूट नं २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक र बालुवाटार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्