जिल्ला प्रशासन कार्यालयकाे नि:शुल्क वाईफाई सेवा



बझाङ : जिल्ला प्रशासन कार्यालयले मंगलबारबाट सेवाग्राहीलाई निशुल्क वाईफाई उपलब्ध गराएको छ । वाइफाइ निशुल्क भएपछि सेवाग्राहीहरुले आफ्नो डकुमेन्ट बाहिरबाट पठाउन र माग्न सुविधा हुनेछ । भिडभाड भएको समयमा लाइनमा कुरेर बस्नुभन्दा वाईफाई भएपछि समय व्यतित गर्न सजिलो जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

कार्यालय प्रयोजनका लागि छुट्टै वाईफाईको व्यवस्था रहँदै आएकोमा अब सेवाग्राहीका लागि फ्रि वाईफाईको व्यवस्था गरिएको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

 

एउटा सामान्य डकुमेन्ट बाहिरबाट मगाउदा व्यापारीहरुले सेवाग्राहीहरुलाई इन्टरनेट प्रयोग गरेको शुल्क धेरै तिर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै फ्री वाईफाई उपलब्ध गराएको जोशीले बताए ।

 

केही समयभित्रै जिल्ला प्रशासन कार्यालयले आफ्नै नयाँ वेबवसाइड खोल्न लागेका कारण प्रशासनका गतिविधीहरु र सूचनाहरु उपलब्ध गराउने उद्येश्यले पनि फ्रीवाईफाईको व्यवस्था गरिएको उनले बताए । प्रविधीको युगलाई मध्यनजर गर्दै फ्रीवाईफाईको सेवा उपलब्ध गराएको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्