पूर्व नेपाल सुन्दरी नग्माको दशैंको रात, कुखुराको ग्रेभी र आलुतामासँग भात



वासिङटन डिसी : २०१७ की पूर्व नेपाल सुन्दरी नग्मा श्रेष्ठको दशैँ यस पटक बिश्व कै सम्राट राज्य न्यू योर्कमा हुने भएको छ । श्रेष्ठ मिस नेपाल यूएसको कार्यक्रम प्रस्तोता तथा प्रतियोगीहरुलाई प्रशिक्षण (कोरियोग्राफर)समेतदिनु पर्ने हुनाले अक्टोबर ९ मा नेब्रास्का प्रस्थान गर्ने बताईन । ईनेप्लिजका विजय थापाका अनुसार दशैको पाँच दिन मध्ये अन्य दिन तालिम मै व्यस्त हुने कार्यक्रम रहेको जानकारी दिएकी छिन् ।

दशैमा कुन खाना मन पर्ने भनि राखिएको जिज्ञाशामा आफू नेवा समुदायको भएकोले नेवा समुदायका बिभिन्न परिकारका खाना, त्यसमा पनि कुखुराको बाक्लो झोल (ग्रेवी )र भात मन पर्ने रहेको बताईन । उनले थप्दै भनिन आलुको अचार,आलु तामा ,गुन्द्रुक पनि मनपर्ने र प्राय जसो सबै मन पर्ने बताइन ।

बाल्यकालमा दक्षिणा प्रति कति मोह या दक्षिणा प्रति आकर्षण हुन्थ्यो भन्ने सवालमा श्रेष्ठले भनिन नेवा परिवारमा दक्षिणा त्यति ठूलो रकम हुदैन भनिन । हामी ५ या १० रुपैया प्राप्त गर्ने गरेको बताइन । बाल्यकाल र किशोरी अवस्थामा त्यो रकम केही हुन्थ्यो ।

दशैमा खानपिन को साथै सबै साथीभाई र परिवार संग बसेर तास खेल्ने गरेको निकै रमाइलो लाग्ने बताइन ।
आगामी अक्टोबर १२ का दिन नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षणमा सातौं संस्करण प्रतियोगिता नेब्रास्कामा हुने छ । मिस नेपाल यूनिर्भस २०१७ बिजेता नग्मा श्रेष्ठ मिस नेपाल यूएसको सातौं संस्करणका लागि आधिकारिक कोरियोग्राफर( प्रतियोगीहरुलाई तालिम दिने जिम्मेबारी ) तथा अन्तिम चरणका लागि कार्यक्रम संचालन समेत गर्ने छिन् ।

पूर्व नेपाल सुन्दरी नग्माले सन् २०१७ मा लसभेगसमा सम्पन्न अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस यूनिर्भसमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । साथै फिलिपिन्समा सम्पन्न सौन्दर्य प्रतियोगितामा समेत उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यहाँ उनि उत्कृष्ट ८ मा पुगेकी थिइन् ।

सन् २०१६ मा चिनमा भएको प्रतिस्पर्धामा तेश्रो उप बिजेता मिस यूनिर्भसको उपाधि समेत जितेकी थिइन् । यसको साथै नग्माले इजिप्टमा भएको मिस इको यूनिभर्स २०१६ मा समेत सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्