खोटो संकलन गरिराखेको ठाउँमा कसले लगायो आगो ?



बझाङ : बझाङकाे भोपुरस्थित लाल्टिन बजार नजिक खोटो संकलन गरिराखेको ठाँउमा आगलागी भएको छ । मंगलबार दिउँसो अचानक आगलागी भएको हो । दिव्या रोजीन कम्पनीले जयपृथ्वी नगरपालिकाको भोपुर बजार नजिकै खोटो संकलन गरिराखेको ठाँउमा एक्कासी आगलागी भएको हो ।

 

आगलागीबाट नजिकै रहेका कुखुरा फार्म र अन्य जस्ताका टहरामासमेत क्षति भएको स्थानीय बासिन्दा रमेश केसीले बताए । आगलागीको कारण र कसले आगो लगाएको हो भन्नेबारे जानकारी नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

आगलागीबाट भएको क्षतिको विरण आउन बाँकी रहेको प्र्रहरीले जनायो । खोटो संकलन गरिराखेको ठाँउमा आगो लागेको देखेपछि स्थानीय बासिन्दाहरुले दमकललाई खबर गरेका थिए तर दमकल चाकल नजिक नभएका र दमकलस चिसोका कारण नचल्ने भएपछि भिषण आगलागि भएको थियो ।

 

आगलागी भएको ४० मिटेनपछि मात्रै घटनास्थलमा दमकल पुगेको स्थानीय बासिन्दाले बताए । आगोलाई नियन्त्रणमा लिन स्थानीय प्रहरी, नेपाली सेना र शशत्र प्रहरीहरु लागी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्