नेकपामा अर्को यौन काण्डको खुलासा



काठमाडौ : तत्कालिन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौनदुव्र्यवहार गरेको कारणले पदीय दायित्वबाट राजिनामा दिनुका साथै अदालतबाट पक्राउ पुर्जिको आदेश भएसँगै तातिएको राजनीतिक बजारमा फेरी अर्को यौन काण्डले चर्चा पाएको छ ।

पछिल्लो यौनकाण्डमा नेकपाका नेता देवेन्द्र पौडेल मुछिन पुगेका छन् । अबको मन्त्रीमण्डल पुर्नगठनमा मन्त्री बन्छु भन्दै हिडेका बाग्लुङबाट निर्वाचित सांसद समेत रहेको पौडेलका विषयमा अहिले यौनकाण्डमा मुछिएको कुरा बाहिर आएको छ ।

नेकपा प्रवक्त भन्दा एक कदम अगाडी बढेर सार्वजनिक अभिव्यक्ति दिइरहेका पौडेलमाथि तत्कालिन माओवादी कार्यकर्ता समेत रहेकी एक युवतीले यस विषयमा खुलासा गरेकी छन् । यसपछि नेकपा भित्र हलचल पैदा भएको छ । बिहे गरेको २१ दिनमै जनयुद्धमा आफ्नो श्रीमान गुमाएकी एक संघर्षशील नारी खिमा रिजालले आफ्ना अनुभवहरु बाहिर ल्याउने क्रममा नेता पौडेलले महिलाहरुमाथि गरेको दुव्र्यवहारको भण्डाफोर गरेकी छन् ।

रिजालले हालै आफ्नो संघर्षका पाइला ‘उज्यालोको खोजीमा’ नामक आफ्नो अनुभवहरुको डायरी प्रकाशित गर्दै यस्तो खुलासा गरेकी हुन । उक्त पुस्तकमा पौडेलको यौन चरित्रमाथि प्रश्न उठाउँदै आफूमाथि पनि दुव्र्यवहार गरेको बताउदै उनले लेखेकी छन् –‘‘ म काठमाडौँ आएर आफ्ना दिनचर्या दुःखसुख गुजारिरहेकी थिएँ । उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा देवेन्द्र पौडेलका राजनीतिक सल्लाहकार भएका थिए । उनी त्यहाँ आएपछि पटकपटक मलाई सम्पर्क गर्थे ।

मैले कहिले फोन नउठाउने, कहिले स्विच अफ गरिदिने गर्थे । त्यतिबेला असिना बर्सेजसरी एसएमएस बर्सिन्थे । उनको जोड जहिले पनि मेरो कोठासम्म पुग्ने बन्थ्यो भने मैले म एकल महिला कोठामा कसैलाई लाने गरेकी छैन भनेर ठाडै अस्वीकार गर्दै आएँ । सञ्चारको यो प्रक्रिया २०७१ सालसम्म चलिरह्यो । उनले मेरो श्रीमान्को परिवारसँग अनावश्यक किन मुद्दा गरेकी भन्ने, कहिले विदेश जाऊ यस्तो देशमा के बस्छौ जस्ता अनौठा अनौठा कुराहरू भनिरहन्थे । मैले उनका हरेक कुरा अस्वीकार गरिदिन्थें । कहिल्यै उनलाई भेट्न सहमत नभएपछि अन्ततः उनले २०७१ सालमा मुख खोलेर निरन्तर सम्पर्कमा रहेको कारण बताए ।

उनी मसँग यौन तृष्णा मेटाउन चाहन्थे रे । सेक्स पार्टनर बन्न चाहन्थे रे । जुन कुरा उनकै मुखले सात वर्षको लामो समयपछि बताए । अनि मैले तपाईं एकनिष्ठ मार्क्सवादी विवाहपद्धतिमा विश्वास गर्ने मान्छे यत्रो आँट कसरी आयो ? भनेर प्रश्न गर्दा छोरामान्छेले पहल त गरिहाल्छ नि । महिला पो तर्कनुपर्छ भनेर उल्टो उपदेश दिए । लाज मान्नु कताकता अझ ठूलाठूला कुरा पो गर्न थाले । त्यसपछि मैले उनलाई हजुर त मेरो मामासँगै पढेको साथी पनि हो । हजुरको र मेरो न त उमेर मिल्छ न त भावना मिल्छ, बरु हजुरको छोरासँग बिहे गर्छ बुहारी बनाउने) आँट गर्नुस् । म भन्दा दुईचार वर्ष मात्र सानो त छ नि तपाईंको छोरा भन्ने जबाफ फर्काएर आजसम्म सम्पर्क्विहीन बनें।’’

प्रतिक्रिया दिनुहोस्