बलात्कार अभियोग लागेका पूर्वसभामुख महरा पक्राउ



काठमाडौ : बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले उनलाई सभामुख निवासबाटै पक्राउ गरिएको हो ।

यसअघि आइतबार विहान जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।


सांसंसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्