दशैं संवादमा नेकपा नेतृ पम्फा भुषाल




दशै कसरी मनाउँदै हुनुहुन्छ ?
दशैं पार्टीको कार्यक्रमसंगै मनाउँने हो । पार्टीले आयोजना गरेको शुभकामना कार्यक्रमहरुमा सहभागि हुने र शुभकामना साटासाट गर्ने । तीन दिन घरमा बस्छु । हाम्रो घरमा पुजा पनि हुन्छ । आमा बिरामी भएकाले परिवारका अन्य सदस्यले पुजा गर्नुहुन्छ ।

टिकाको दिन कसकोबाट टिका लगाउँने हो ?

टिकाको दिन मान्यजनबाट टिका लगाउँछु । हामी बिजयादशमीका दिन एक दिन मात्रै टिका लगाउँछौं । आमाको हातबाट टिका लगाउँछु । टिका लगाउँन आउँनेलाई म टिका लगाईदिन्छु ।

दशैं मनाउँनेलाई तपाईको सुझाव केही छ की ?

दशैं रमाईलो गरी मनाउँनुपर्छ । यसको मतलब यो होईन की ऋण गरेरै मनाउँनुपर्छ भन्ने होईन् । आफ्नो हैसियत औकात अनुसार खर्च गर्नुपर्छ । कम पैसाको खर्चमै रमाईलोसंग पनि मनाउँन सकिन्छ । साथीभाई, परिवारमा मिलेर मनाउँनुपर्छ । खानेकुरामा ध्यान दिएर खानुपर्छ । स्वास्थ्यको ख्याल गर्नुपर्छ । भडकिलो गरी शैलीमा जानुहुदैन् ।

बाल्यकालमा दशैं मनाउँदाको रमाईलो पललाई कसरी सम्झिनुहुन्छ ?

बाल्यकालमा दशैं मनाउँदा रमाईलो हुन्थयो । नयाँ लुगा पाउँने, दक्षिणा पाउँने, मामा घर जान पाउँने कुराले खुशी लाग्थ्यो । बाल्यकालमा दशैं मनाउँदा रमाईलो गरी नै मनाईयो । पिंङ्ग खेल्ने कुरा रमाईलो लाग्थ्यो ।

प्रतिक्रिया दिनुहोस्