अपडेट : १३ लाखको खाेटाे नष्ट, तीन सय कुखुराका चल्ला मरे



बझाङ : बझाङको जयपृथ्वी नगरपालिकास्थित भोपुर बजारमा रहेको खोटो संकलन डिपोमा मंगलबार दिउँसो आगलागी हुँदा ठूलो मात्रामा संकलन गरिएको खोटो नष्ट भएको छ। आगलागीबाट डिपोमा संकलन गरिएको एक हजार ६०० टिन (डिब्बा) खोटो पूर्ण रूपमा जलेर नष्ट भएको छ।

 

दिब्या रोजिन एण्ड टर्पाइन कम्पनीद्वारा जिल्लाका २१ वटा सामुदायिक सल्लेघारी वनबाट उक्त खोटो संकलन गरी डिपोमा थन्कयाइएको जानकारी प्राप्त भएको छ। खोटो संकलन डिपोमा दिउसो १ बजेदेखि ४ बजेसम्म आगलागी भएको थियो।

 

डिपोमा लागेको आगोले नजिकै रहेका दुईवटा पक्की भवनमा समेत सामान्य क्षति पुर्‍याएको छ। डिपोमा आगजनी कसरी भयो वा कसले गर्‍यो भन्ने विषयमा थाहा हुन नसकेको डिपो इन्चार्ज गोरख धामीले जानकारी दिए। 

 

खोटो संकलन गरी राखेको ठाँउमा एक्कसी आगलागी हुँदा ४६ हजार ७ सय ७४ किलो खोटो जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यो परिमाणको खोटो झण्डै १३ लाख रुपैयाँ बराबरको नोक्सान पुगेको छ । यस्तै आगलागीबाट जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का लालबहादुर खातीले सञ्चालन गरेको कुखुरा फार्ममा समेत क्षति पुगेको छ ।

 

आगोको रापले ३ सय कुखुरा मरेको उहाँले बताउनुभयो । त्यसबाट २ लाख ४० हजार रुपैयाँ बराबर क्षति पुगेको खातीले बताउनुभयो । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

अहिले आगो पूर्ण रुपमा निभाइएको प्रहरी नायव उपरीक्षक धितालले बताउनु भएको छ । नेपाल प्रहरी, नपाली सेना, सशत्र प्रहरी र स्थानीयबासिन्दा र दमकलको सहायतबाट आगो निभाइको हो ।

प्रतिक्रिया दिनुहोस्