जनकपुरको राजदेवी मन्दिरमा एकै रातमा १४ हजार बोकाको बली !



जनकपुरधाम : जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा आइतवारराती वलिप्रदान सम्पन्न भएको छ । राती १४ हजार ३ यस ६६ बोको बली प्रदान गरिएको छ । गतवर्ष १४ हजार ९सय ९७ बोकाको बली दिइएको थियो । गतवर्ष भन्दा यसपाली ६ सय ३१ बेकाको कम बली दिइएको महावीर युवा कमिटीका पूर्व अध्यक्ष प्रमोदकुमार साहले जानकारी दिए । राती ८ बजेदेखि शुरु भएको वलिप्रदान कार्यक्रम विहान ३ बजेर ३२ मिनेटसम्म चलेको थियो ।

महाअष्टमी रातीमा राजदेवी मन्दिरको प्रागंणमा प्रत्येक वर्ष वलिप्रदान हुने परम्परा रहेको छ । एकैरातमा संसारमा सबैभन्दा बढी बोकाको वलीे राजदेवीमा दिइने गरिन्छ । बलीका लागि मन्दिरको पछाडी भागमा ४ वटा ठेहा बनाइएको महाबीर युवा कमिटी जनकपुरधामका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले वताए ।


राजदेवी मन्दिरका महन्थ राम गिरिले मनोबाञ्छित फल प्राप्त भएपछि बोकाको वलि दिइने राजदेवीको परम्परा रहेको बताए । राजदेवीमा दशैको वेला पूजा गर्नेहरुको अत्यधिक भीड लाग्ने गरेको छ ।

राजदेवी मन्दिरमा २०७५ सालमा १४ हजार ९ सय ९७ बटा बोकाको वली प्रदान गरिएको थियो भने २०७४ सालमा १२ हजार ३ सय ७ वटा बोकाको बलि दिइएको थियो ।

२०७३ सालमा १४ हजार ६ सय १७ वटा बोकाको बलि दिइएको थियो । यसैगरी २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२ बोकाको बली दिइएको थियो ।

२०७०सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलिप्रदान गरिएको थियो ।

१०० जना युवा बली प्रदानमा सहभागी थिए । बली प्रदानमा सहभागी रहेका राम युवा कमिटीका पूर्व अध्यक्ष सोहन ठाकुरले माताको कृपाले मात्रै यत्रो बली प्रदान सम्भव हुने बताए ।

एकातिर वलीप्रदानको १४ हजार भन्दा बढी भइरहेको छ भने बोकाको कारोवार पनि जनकपुरधाम क्षेत्रमा त्यही रुपमा बढी रहेको छ । तर अहिलेपनि खपतहुने बोका मध्ये ५० प्रतिशत बोका वलीप्रदानको वेला भारतबाट किनेर ल्याउने गरिन्छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्