कांग्रेसको पदाधिकारी विवाद मिल्यो, कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने



काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदामा केन्द्रीय समितिमा उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई/दुई गरी आठ जनाको पदाधिकारी बनाउने सहमति भएको छ। 

 

कोषाध्यक्ष भने केन्द्रीय समितिबाट मनोनीत गर्ने बताइएको छ । पदाधिकारी सरहको प्रवक्ता पनि मनोनीत गर्ने सहमति भएको नेता अर्जुनरसिंह केसीले जानकारी दिए।

 

मुख्य विषय पदाधिकारीको भएकाले यो कुरामा सहमति भएपछि अन्य कुरामा गाह्रो नपर्ने नेता केसीले बताए ।  साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यो निर्णय गरेको हो। 

 

अब यो विधान मस्यौदा पार्टी केन्द्रीय समितिबाट पारित गरेर महासमित बैठकमा पेस गरिनेछ। ७१ पृष्ठ लामो विधान मस्यौदा केन्द्रीय समितिले पारित गरेपछि छाप्न प्रेसमा पठाइनेछ। 

 

यसअघि विधान मस्यौदालाई अन्तिम रूप दिन शीर्ष नेताहरू बैठक बस्दा दिउँसो ३ बजे मात्र महासमिति बैठक बसेको थियो। लामो प्रायसपछि विधान मस्यौदामा सहमति जुटेको हो।

 

प्रतिक्रिया दिनुहोस्