कसरी बचे अपहरण हुनबाट अध्यक्ष लामा, अर्का अध्यक्षमाथि गोली प्रहार



काभ्रे : दशैंको अघिल्लो दिन थियो सदा जस्तै घरायसी र सामाजिक काम गरेर थाकेका उनी खाना खाईसकेपछि सुते । उनलाई के थाहा त्यो रातमा संभावित ठूलो विपत्ति आउछ भनेर ? तर खाना खाएर सुतेका उनी निद्राको पहिलो झप्कोमै विपित्ति आएसरी आईलाग्यो । उनी अर्थात रोशी गाउँपालिका ३ का वडाअध्यक्ष धनजित लामा । उनै लामालाई विप्लव समुहका कार्यकर्ता बताउँदै घरमै सुतिरहेको बेला अपहरण प्रयास भएको छ ।

‘वडा अध्यक्ष लामा भन्छन्– म सुतिरहेको थिएँ, एक्कासी मेरो घरमा दुई जना ब्यक्ति ढोका खोल्न लगाउँदैै प्रवेश गरे । उनिहरुले आफु विप्लव समुहको कार्यकर्ता भएकाले वडा कार्यालयमा आगजनी गर्ने र गाउँपालिकाबाट सञ्चालित योजनाहरुमा भ्रष्टाचार गरेकाले अनुसन्धान गर्नु परेकाले सँगै जान दबाब दिए’,धेरै पटक मैले अनुनय विनय गर्दै रातको समयमा घरबाट फर्कन र अनियमितता भएको पुष्टी भए कानुन अनुसार कारवाही गर्न अनुरोध गरें । उनिहरुले उल्टै आफ्नै क्षेत्रमा लगेर अनुसन्धान गर्नु पर्ने भन्दै रातको समयमा सँगै जान दबाब दिए ।’ वडा अध्यक्ष धनजितले नमानेपछि उनिहरुले धम्कि दिए । उनिहरुले बाबुलाई धम्कि दिए पछि छोरी एलिसा लामाले प्रतिकार गर्दै गुहार मागेकी थिईन् । उनले स्थानीयलाई गुहार मागे सँगै उनिहरु फरार भएका थिए । उनिहरु कुन समुहका हुन् पुष्टि भईसकेको छैन ।

अध्यक्ष लामाले आफूलाई विप्लव समुहमा सक्रिय स्थानीय पोते लामा र कृष्णबहादुर मगरले अपहरणको प्रयास गरेको बताएका छन् । घटनापछि लामाले प्रहरी चौकी खहरेपाँगुमा उजुरी दिएका थिए । प्रहरीकोमा उजुरी परेसँगै प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको खहरेपाँगु प्रहरी चौकी इन्चार्ज असई सुवास बैठाले जानकारी दिए ।

वडा अध्यक्षलाई गोली प्रहार

यसैगरी फुटबल खेलमा विवाद हुँदा रोशी गाउँपालिका वडा नं। ११ का वडा अध्यक्ष मिलन लामा माथि गोली प्रहार हुन पुगेको छ । फूटवल प्रतियोगिताको बारेमा विवाद हुँदा वडा अध्यक्ष लामाकै आफन्त अनुपबुद्ध लामाले गोली प्रहार गरेका हुन् ।

छलफलकै क्रममा सामान्य विवाद भए लगत्तै पेस्तोल निकालेर अनुपबुद्धले वडा अध्यक्ष लामालाई ताकेपछि लामाले छल्दा गोली भित्तामा लागेको थियो । ईलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख प्रहरी निरिक्षक धर्मजंग थिङले घटनाको बारेमा जानकारी दिदै पेस्तोल प्रहार गर्ने अनुपबुद्धको खोजी भईरहेको जानकारी दिए । ‘फूटबल प्रतियोगिता र क्लबको विषयमा राती अबेरसम्म छलफल गर्दै गर्दा विवाद भएको रहेछ ।
त्यहीं निहुँमा पेस्तोल निकालेर अनुपबुद्ध लामाले हानेको गोली भित्तामा लाग्यो र वडा अध्यक्षलाई केहि हुन पाएन । ‘गोली लागेको स्थानमा खल्डो पनि छ । गोलीको खोका पनि भेटिएको छ’–प्रहरी निरिक्षक थिङ्गले भन्नुभयो । अनुपले प्रयोग गरेको पेस्तोल कुन हो ? गोलीको ल्याब टेस्ट गरेर मात्र पत्ता लाग्ने थिङले बताए । अष्टमीको राति भएको घटनामा संलग्नलाई प्रहरीले खोजी गरिरहेको भए पनि पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्