रावण बध र लङ्कादहन कार्यक्रम सम्पन्न


जनकपुर : प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गरेका हुन् । विजयदशमीको अन्तिम दिन मङ्गलबार साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध कार्यक्रमको आयोजना गरिएको हो । १४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरमा रावण बध कार्यक्रम हुँदै आएको छ ।

स्थानीय महावीर युवा कमिटीको पहलमा पछिल्लो छ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ भने यस वर्ष पहिलोपटक लङ्कादहन गरिएको हो । विगत वर्षझैँ यस वर्ष पनि जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतिमा निर्माण गरी विभिन्न खाले फटकासहितको सामग्रीमा आगो लगाई दहन गरिएको छ । प्रतिकात्मकरुपमा तयार पारिएका मानवरुपी भगवान् रामले रावण बध र हनुमानले लङ्कादहन गरेका थिए ।

रावण बध कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले भगवान् रामको जीवन सङ्घर्षका साथ अगाडि बढेको स्मरण गराउँदै सङ्घर्षपछिको फल मिठो हुने गरेको बताए । रावण स्वयं विद्वान् रहे पनि सीता हरणका कारण भगवान् रामले बध गर्नुपरेको प्रमुख साहले बताए । भारतसम्म मात्र सीमित रहेको यो कार्यक्रम विगत छ वर्षदेखि जनकपुरमा समेत हुँदै आएको छ । गङ्गासागर र धनुषसागर पोखरीको बीचमा हुने रावण बध कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको थियो । यस अवसरमा नागरिक समाज, बुद्धिजीवी, युवा क्लबका प्रतिनिधिसहित उल्लेख्य सङ्ख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारुढ दल नेकपाले रिक्त रहेको सभामुख पदमा कसलाई अघि सार्ने भनेर आन्तरिक गृहकार्य

काठमाडौ : भिभिआईपी यौनकाण्डमा जोडिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही अहिले प्रहरीको सम्पर्कमा छैनन् ।

तनहुँ : तनहूँमा नरभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्यान लिएको छ । घरेलु

काठमाडौ : सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको वार्ता भर्खरै सकिएको छ । पार्टी अध्यक्ष तथा

काटमाडौ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महप्रबन्धकमा नागरिक उड्डयन प्राधिकरणको मुख्यालयमा कार्यरत देवेन्द्र केसी नियुक्त भएका

विराटनगर : विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण

काठमाडौं : काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्जमा विद्युत सर्ट भएर आगालगी

काठमाडाै‌ं : चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच

रौतहट : सत्तारुढ नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी

रौटहट : रौटहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका नेता एवं पूर्व

काठमाडौं : सबै जातजाती र भाषाभाषीको विविधतामाझ पर्व, पारिवारिक मिलन, सुखदुःख आदानप्रदान तथा सामाजिक सद्भाव

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सी जिनफिङबीच अब केही बेरमा हुने दुई