आज बडा दशैँको ११ औँ दिन : ठूलाबडासँग आर्शिवाद थापिँदै



काठमाडौँ : विजया दशमीको शुभसाइत हिजै सकिए पनि टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म पनि जारी छ । टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने गरिन्छ ।

असत्यमाथि सत्य शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । यस्तै, हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ । यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन छ ।दुर्गा भवानीको अर्चना गरिएको नवरात्रपछि पर्ने यो एकादशीको नामअनुसार पाप गर्नेलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।

आजको दिन घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो ।

प्रतिक्रिया दिनुहोस्