खड्गभवानी कोतमा मौलो पूजासहित सामूहिक टीका


म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ ।

घटस्थापनादेखि बडादशैँको दिनसम्म दुर्गा भवानीको पूजा अर्चना गरी कोत परिसरमा रहेको शक्तिको प्रतिक मौलोमा दही र अक्षता चढाइँ, समृद्धि र सहकालको कामना गर्दै प्रसादस्वरुप टीका ग्रहण गरिएको हो ।

मौलोमा कोट पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे, स्थानीय ज्येष्ठ नागरिक, स्थानीयवासी, पुजारी, उपासु तथा सर्वसाधारणले दही र अक्षता चढाउँदै सहकाल र समृद्धिको कामना गरे ।

नेपाल एकीकरण हुनुपूर्व तत्कालीन पर्वत राज्यअन्तर्गत पर्ने ऐतिहासिक तथा सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको खड्गभवानी कोतमा परम्परादेखिनै दुर्गा भवानीको पूजा आराधना हुनुका साथै सप्तमीको दिनदेखि नवमीको दिनसम्म बलिसहित शक्तिस्वरुपा नवदुर्गा भवानीको विशेष पूजा अर्चना गर्ने परम्परा रहिआएको छ । कोतको अगाडि रहेको मौलो र हतियार रहेको कोत घर खड्ग भवानी मन्दिरका विशेषता रहे पनि बली दिएका राँगो र खसीको शिर कुन दिशातर्फ फर्कन्छ र घटस्थापनाको दिनमा बालिएको बत्ती दशमीका दिनसम्म निभ्छ कि निभ्दैन भन्ने विषयले निकै महत्व पाउने स्थानीय वृद्धवृद्धाको भनाइ रहको छ ।

तत्कालीन राजा भर्तिवम मल्लको दरबारलाई उनको मृत्युपछि कोत बनाई राजाले प्रयोग गरेका हातहतियार, ढाल, तरबारलगाइतका सामान राखिएको खड्ग भवानी कोत ऐतिहासिक दृष्टिकोणले मात्र नभई प्राकृतिक सौन्दर्य र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेकाले यसको विकासका लागि वडा कार्यालयले पहल गरिरहेको छ । यहाँ पदमार्ग लगायतका केही पूर्वाधार निर्माण भइसकेको बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापाले बताए ।

वडाध्यक्ष थापाका अनुसार खड्गभवानी कोतसँग म्याग्दी जिल्लाकै इतिहास र बाइसेचौबीसे राज्यको वास्तविकता गाँसिएकाले कुरिलाखर्क महारानी, बेनीको शिवालय मन्दिर, निरयघाट, ढोलठान र ताकमकोटसँग ज्यामरुककोटको ऐतिहासिक सम्बन्धको बारेमा खोजीनीतिसमेत भइरहेको छ । गौरवमय इतिहास रहेको ज्यामरुककोटलाई देश विदेशमा परिचित बनाउन र यसको विकास गर्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उहाँले आग्रहसमेत गरे । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारुढ दल नेकपाले रिक्त रहेको सभामुख पदमा कसलाई अघि सार्ने भनेर आन्तरिक गृहकार्य

काठमाडौ : भिभिआईपी यौनकाण्डमा जोडिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही अहिले प्रहरीको सम्पर्कमा छैनन् ।

तनहुँ : तनहूँमा नरभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्यान लिएको छ । घरेलु

काठमाडौ : सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको वार्ता भर्खरै सकिएको छ । पार्टी अध्यक्ष तथा

काटमाडौ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महप्रबन्धकमा नागरिक उड्डयन प्राधिकरणको मुख्यालयमा कार्यरत देवेन्द्र केसी नियुक्त भएका

विराटनगर : विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण

काठमाडौं : काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्जमा विद्युत सर्ट भएर आगालगी

काठमाडाै‌ं : चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच

रौतहट : सत्तारुढ नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी

रौटहट : रौटहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका नेता एवं पूर्व

काठमाडौं : सबै जातजाती र भाषाभाषीको विविधतामाझ पर्व, पारिवारिक मिलन, सुखदुःख आदानप्रदान तथा सामाजिक सद्भाव

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सी जिनफिङबीच अब केही बेरमा हुने दुई