पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार राती १२ बजेपछि लागू हुने गरी पेट्रोलमा डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ घटाएको हो । 

नयाँ मूल्यअनुसार पेट्रोल अब १ सय १० रुपैयाँमा बिक्री वितरण हुनेछ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १२ रुपैयाँ थियो । 

यस्तै डिजेल र मट्टितेल समान ९७ रुपैयाँमा बिक्री वितरण हुनेछ । खाना पकाउने ग्यासको मूल्यमा भने परिवर्तन गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्