राष्ट्रपति सी आउदा तीन घण्टा सवारी बन्द हुने, राजधानीमा उच्च सुरक्षा सतर्कता



काठमाडौ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको दुई दिने राजकीय भ्रमणका लागि यही असोज २५ गते शनिबार अपरान्ह (१२ अक्टोबर काठमाडौं) उत्रने भएका चिनियाँ राष्ट्रपति सी चिन फिङको भ्रमणबारे राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलाई ब्रिफ गर्ने भएका छन् । ज्ञवालीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे ब्रिफ गरेका छन् ।

राष्ट्रपति सीको भ्रमण तय भएपछि तिव्र तयारीमा परराष्ट्र मन्त्रालयले अहिले सीको भ्रमण तालिकाबारे अन्तिम तयारीमा जुटेको छ । दुईदिने नेपाल भ्रमणमा रहने राष्ट्रपति सीलाई उच्च सुरक्षासहित सोल्टी होटलमा राखिने भएको छ । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता गरी नेपाल आउदै गरेका राष्ट्रपति सीको भ्रमणमा हुनसक्ने संभावित घटनाक्रमलाई महत्वपूर्ण र गंभीर ढंगले हेरिरहेको सुरक्षा संयन्त्रले विशेष निगरानी बढाएको छ ।
सी नेपाल उत्रनासाथ साल्टी होटेल पुगेर सिधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई सितलनिवास पुग्ने कार्यक्रम छ । यो बेला करिव ३ घण्टा सवारी आवागमन बन्द हुने श्रोतले बताएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जीनफिङ आउदो २५ गते नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले आज बुधबार सीको भ्रमण तालिका सार्वजनिक गर्दै राष्ट्रपति सी असोज २५ गते (अक्टोबर १२) काठमाडौँ उत्रने जानकारी गराएको छ । राष्ट्रपति सीको भ्रमण दुई दिने रहने मन्त्रालयले जनाएको छ ।

‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका राष्ट्रपति सीको २५ र २६ गते नेपाल भ्रमण हुने जनाइएको छ ।

उनले दुई दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्