प्रदेशस्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता हुने



महोत्तरी जिल्लाको बर्दिवासमा प्रदेश नम्बर दुई स्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता २०७५ आयोजन हुने भएको छ । पुस छ गते शुक्रबार बिहान सात बजे उद्घाटन हुने प्रदेश स्तरीय मेयर कप ब्याडमिण्टन प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजक संस्था बर्दिवास ब्याडमिण्टन सङ्घ बर्दिवास (महोत्तरी) ले जनाएको हो । 

 

पुस छ गते बिहान सात बजे हुने उद्घाटन समारोहमा सरिकताका लागि आयोजक संस्था बर्दिवास ब्याडमिण्टन सङ्घ बर्दिवासका अध्यक्ष कृष्णप्रसाद गौतमले जिल्लाका सम्पूर्ण सञ्चारकर्मी , स्थानीयतहका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक सङ्घ, संस्थाका प्रतिनिधि र सम्पूर्ण खेलप्रेमीसँग सार्वजनिक अपिल गरेका छन् । 

 

पुस छ गते शुक्रबार, सात गते शनिबार र आठ गते आइतबारसम्म चल्ने प्रतियोगितामा उपस्थित भएर हौसला दिन आयोजक संस्था बर्दिवास ब्याडमिण्टन सङ्घले सबैपक्षसँग आग्रह गरेको छ । उद्घाटन समारोहसहित सबै प्रतियोगिता र समापन कार्यक्रम बर्दिवासस्थित बहुउपयोगी भवन, बर्दिवास सेवा समितिमा सम्पन्न हुनेछन् । 

 

प्रतियोगिताको समापन कार्यक्रम पुस आठ गते बिहान आठ बजे हुने आयोजक संस्थाका अध्यक्ष गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्