दशैँमा समेत मुख्यमन्त्री पौडेल किसानको खेतबारीमा


हेटौडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडलले प्रदेशको कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सबैभन्दा धेरै लगानी गरेको बताएका छन् । आज हेटौँडाको विभिन्न कृषि फारम तथा कृषि बालीको अनुगमन तथा अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले आगामी दिनमा समेत लगानी वृद्धि गर्दै जाने धारणा राखे।

unn.prixa.net

उनले युवाहरुलाई कृषितर्फ आकर्षित गर्न प्रदेश सरकारले थुप्रै कार्यक्रमहरु ल्याएको भन्दै कृषिमा थुप्रै सम्भावना भएको धारणा राखे । उनले कृषकहरुका थुप्रै समस्याहरु सुनिने गरेको बताउँदै मल, बीउ, सिँचाइलगायतका समस्या समाधान गर्न तथा उत्पादन वृद्धि गराउने आधुनिक प्रविधि भित्र्याउन पहल गरिने बताए ।

प्रदेश सरकारको पहिलो प्राथमिकता कृषि नै भएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कृषि प्रवद्र्धनमार्फत उत्पादन वृद्धि गरेमा मात्रै प्रदेशसँगै सिङ्गो राष्ट्र समृद्ध हुने बताए । उहाँले कृषिमा उपलब्धी हासिल गरेका कृषकहरुले नयाँ र कृषि क्षेत्रमा केही गर्न चाहने युवाहरुलाई अनुभव तथा सीप हस्तान्तरण गर्नुपर्ने धारणा राखे ।
मुख्यमन्त्री पौडेलले आज हेटौँडाको विभिन्न कृषि क्षेत्रको अवलोकन गरेका हुन। दशैँमा समेत किसानको खेतबारीमा पुग्नुभएपछि व्यावसायिक किसानहरु खुशी भएका छन् । मुख्यमन्त्रीको अनुगमन तथा अवलोकनले किसानहरु खुशी भएको मञ्जुश्री आधुनिक फूल तथा तरकारी खेतीका सञ्चालक बालकृष्ण चौलागाईँले बताए । मुख्यमन्त्रीले यस क्षेत्रको कृषिमा ठूलो चासो राख्नुभएको तथा हौसला प्रदान गरेको चौलागाईँको भनाइ छ । उनले यस क्षेत्रमा सिँचाइको समस्या रहेको बारे मुख्यमन्त्रीलाई जानकारी गराएको र मुख्यमन्त्रीले भूमिगत सिँचाइका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन

वीरगञ्ज : तस्करी रोक्नको लागि खटिएको प्ररहीले नै तस्करीलाई बढावा दिदा के होला ? हो

काठमाडौ : केहि हप्तादेखि मन्त्रिमन्डल पुनर्गठनको तयारी शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको

काठमाडौं : तत्कालिन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालका एक्ला छोरा प्रकाशको

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिना शीर्षकमा ४ लाख ८० हजार रुपैयाँ

काठमाडौँ : प्रहरी मुख्यालय मानव स्रोत एवं प्रशासन विभागले गत साउन २६ गते प्रकाशित गरेको

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको अन्तिम तयारी गरिरहेका छन् । यसका लागि

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले