चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा



काठमाडौ : चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । “चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ”, उनले भने । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुख चयन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद

काठमाडौं : सुशासन र समृद्धिका लागि सूचना तथा प्रविधिको प्रयोग बढाउँदै सङ्घीय मन्त्रालय, केन्द्रीय निकाय

काठमाडौं : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी

वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीमा भएको सडक ढलान ३ दिन नवित्दै

काठमाडौं : करिब दश महिनादेखि शुरु भएको निजामति कर्मचारी विधेयकले अझै पूर्णता पाउन सकेको छैन

एजेन्सी :अमेरिकी अभिनेत्री एनाबेला सिओराले हार्वी वाइन्स्टिनले आफूमाथि निर्दयी तवरले बलात्कार गरेको बताएकी छन्। वाइन्स्टिनमाथि

काठमाडौं : बिहिबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार निर्वाचित

जनकपुरधाम : प्रदेश दुईमा भएको राष्टियसभा निर्वाचनमा नेकपा राजपा गठबन्धनको बर्चस्वता देखिएको छ । निर्वाचनमा

काठमाडौं : सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको लागि नेपाल सिधै ग्लोबल छनोटमा

जनकपुर : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका राधेश्याम

विराटनगर : मुस्लिम धर्मको धार्मिक विद्यालयका प्राध्यानाध्यापकलाई आफ्नै छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

पोखरा : एन्फाका कास्की जिल्ला अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेको मुद्दामा पक्राउ पुर्जी जारी