संसद अधिवेशन ११ गतेबाट



काठमाडौं: संघीय संसदको तेस्रो अधिवेशन पुष ११ गते बुधबार ४ बजे बोलाईएको छ । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बैठक आह्वान भएको पत्र संसद सचिवालयलाई प्राप्त भइसकेको छ ।

 

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संसदको दोस्रो अधिवेशन असोज ११ गते राति १२ बजेबाट अन्त्य भएको थियो ।

 

संघीय संसदको पहिलो अधिवेशन बैशाख २१ गतेबाट जेठ २० गतेसम्म चलेको थियो । दोस्रो बैठक बैशाख २३ गतेबाट शुरु भएको थियो । बैठकको पहिलो दिन राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाईने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्