प्रधानमन्त्रीद्वारा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल



काठमाडौ : चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल कार्यक्रमको आयोजना गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।

विदेशी राष्ट्र प्रमुखहरुको राजकीय भ्रमणका बेला यसरी छलफल गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्