प्रतिपक्षी दलका नेता देउवाले यसरी गराए प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका कांग्रेसका नेताहरुले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका तर्फबाट ध्यानाकर्षण गराएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनफिङको आगामी शनिबार र आईतबार हुने राजकीय भ्रमणको सन्दर्भमा प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा कांग्रेसका नेताहरुले ऋणमा रेलमार्ग बनाउने सम्झौता नगर्न सुझाव दिएका छन् । कांग्रेसको तर्फबाट पूर्व प्रधानमन्त्री देउवा, पूर्व परराष्ट्रमन्त्रीद्धय सुजाता कोइराला र डा. प्रकाशशरण महतको सहभागिता रहेको उक्त छलफलमा केरुङ–काठमाडौ रेलमार्ग अनुदानमा बनाउन राष्ट्रपति सीलाई अनुरोध गर्न पनि सुझाएका थिए ।

कांग्रेस नेताहरुले चीनसँग भौतिक पूर्वाधार विकासमा समझदारी कायम गरेर अघि बढ्नुपर्ने धारणा राख्दै ऋणमा रेल बनाउन नहुने भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकार्षण गराएका हुन ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गरेका छन् । छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्