अस्वस्थ भएपछि महरा अस्पतालमा भर्ना


काठमाडौ : भिभिआईपी यौनकाण्डमा मुछिएर हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको उच्च रक्तचापसँगै स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । प्रहरी हिरासतमा पुगेपछि निकै निरास देखिएका महराको उच्च रक्तचाप, सुगर र स्वासप्रस्वास सम्बन्धि समस्या रहेको थियो ।

उपचारका लागि प्रहरीले अस्पताल लैजान खोज्दा नमानेका महराको सामान्य उपचारका लागि चिकित्सकहरुको टोलीले हिरासतमै पुगेर उपचार गर्दै आएको थियो ।
आज पनि रोगले च्याप्दा समेत सुरुमा अस्पताल जान नमानेका महरालाई प्रहरीले विशेष अनुरोध गरेपछि स्वीकार गरेका थिए ।
आफ्न्त बाहेक कसैसँग भेट्न अनिच्छा देखाएका महरा हिरासतमा निकै निरास र डिप्रेसनको रोगी जस्तै देखिने एक प्रहरीले बताए । भेटघाट र अरुसँग बोल्नु भन्दा पुस्तकहरु पढेर महरा बस्दै आएका थिए ।

सिंहदरबार प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख महराको स्वास्थ्य अवस्था खराब भएपछि प्रहरीले नर्भिक अस्पतालमा भर्ना गरेको हो ।

स्वास्थ्यमा खराबी देखिए पनि उपचारका लागि अस्पताल जान नमानेका महराको स्वास्थ्य अवस्था शुक्रबार विहानदेखि अझ खराब हुँदै गएको थियो । प्रहरी श्रोतका अनुसार उनलाई भर्खरै प्रहरीले अस्पताल पुर्याएको हो ।

उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभाव जस्ता समस्याबाट ग्रसित महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएको थियो ।

उपचारका लागि अस्पताल जान नमानेपछि हिरासतमै अक्सिजन दिइएको थियो । संसद सचिवालयमा कार्यरत एक कर्मचारीको यौन दुर्व्यवाहारको आरोप लगाएपछि महरा गत आईतबारदेखि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारुढ दल नेकपाले रिक्त रहेको सभामुख पदमा कसलाई अघि सार्ने भनेर आन्तरिक गृहकार्य

काठमाडौ : भिभिआईपी यौनकाण्डमा जोडिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही अहिले प्रहरीको सम्पर्कमा छैनन् ।

तनहुँ : तनहूँमा नरभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्यान लिएको छ । घरेलु

काठमाडौ : सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको वार्ता भर्खरै सकिएको छ । पार्टी अध्यक्ष तथा

काटमाडौ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महप्रबन्धकमा नागरिक उड्डयन प्राधिकरणको मुख्यालयमा कार्यरत देवेन्द्र केसी नियुक्त भएका

विराटनगर : विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण

काठमाडौं : काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्जमा विद्युत सर्ट भएर आगालगी

काठमाडाै‌ं : चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच

रौतहट : सत्तारुढ नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी

रौटहट : रौटहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका नेता एवं पूर्व

काठमाडौं : सबै जातजाती र भाषाभाषीको विविधतामाझ पर्व, पारिवारिक मिलन, सुखदुःख आदानप्रदान तथा सामाजिक सद्भाव

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सी जिनफिङबीच अब केही बेरमा हुने दुई