सी नआउँदै चिनियाँ जनसेनाको कडा निगरानी, को–को छन निगरानीमा ?



काठमाडौ : चिनियाँ राष्ट्रपति सी जिनफिङको आउदो शनिवार र आईतवार देखि हुने नेपाल भ्रमणको बेला सुरक्षालाई दृष्टिगत गर्दै उच्च सतर्कता अपनाईएको छ ।

राष्ट्रपति सीको शनिवारदेखि हुने राजकीय भ्रमणमा उनको स्वागतको लागि उनी सवार हुने सडकखण्डमा स्वागत गेट निर्माण गर्दै स्वागतको तयारीमा जुटेको बेला उनको विरोध गर्न सक्ने आशंकामा प्रहरीले केही व्यक्ति पक्राउ गरेको छ भने केही माथि निगरानी बढाएको छ ।

सीको भ्रमणको सुरक्षा गहिरो गरी अध्ययन गरिरहेको चिनियाँ सुरक्षा टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालदेखि साल्टी होटेलसम्म उच्च निगरानी बढाएको छ । चिनियाँ जनसेनाका जर्नेल नेतृत्वको चिनियाँ सुरक्षा टोलीले अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट, विशिष्ट र हवाई कन्ट्रोल रुमको कुनाकाप्चासम्म सुक्ष्म निरिक्षण गरिसकेको छ । राष्ट्रपतिको सवारी हुने सबै ठाउँमा निरिक्षण गरेको उक्त टोलीले राष्ट्रपति सीको भ्रमणको बेला सवारी हुने सबै ठाउँमा ड्रोनबाट सुरक्षा निगरानी गर्ने तयारी गरेको छ ।

सीको नेपाल भ्रमणको बेला तिव्वती शरणार्थी, दलाई लामाका समर्थक र फ्रि तिव्वतीयनहरुले गर्न सक्ने संभावित विरोधका कार्यक्रमलाई लक्षित गरेर नेपाली सुरक्षा संयन्त्रले निगरानी बढाएको छ ।

सीको भ्रमण अवधिभर नेपाली सेनाको कमाण्डमा सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित हुने व्यवस्था मिलाईएको छ । राष्ट्रपति सीको भ्रमणमा नेपाली सेनाको कारगेड रहने व्यवस्था मिलाईएको छ ।
सीको गाडी दाँया र बाँया एकातिर नेपाली सेनाले सुरक्षा दिनेछ भने अर्कातिर चिनियाँ जनसेनाले सुरक्षा दिने बताईएको छ । सीको भ्रमणको बेलाको सुरक्षालाई ध्यान दिदै निगरानी बढाएको नेपाल प्रहरीले बौद्ध र जावलाखेलबाट तिव्वती शरणार्थी सहित दर्जन व्यक्तिलाई पक्राउ गरेर सोधपुछ गरेको छ ।

फ्रि तिव्वत लेखेको लोगो सहितको टि सर्ट, व्याग, रुमाल र व्यानर सहित सीको विारेध गर्ने कार्यक्रम थाहा पाएपछि प्रहरीले उच्च सतर्कता अपनाउदै यसमा संलग्न हुन सक्ने व्यक्तिहरुमाथि निगरानी बढाएको छ ।

यो निगरानीमा विशेष गरी दलाई लामासँग निकट भनिएका दलका नेता,सांसद र पत्रकारहरु पनि परेका छन् । प्रहरी श्रोतका अनुसार पूर्वमन्त्री रहिसकेका नेकपाका एक केन्द्रीय सदस्यसँगै केही पत्रकारहरु पनि निगरानीमा छन् ।

प्रतिक्रिया दिनुहोस्