महराले सेना समायोजनको पोल खोल्दिम भनेपछि ……



काठमाडौ : आफूलाई आफ्नै पार्टीका केही नेता, राष्ट्रिय र अन्तराष्ट्रि शक्तिको षड्यन्त्र भएको गुनासो गर्दै आएका कृष्णबहादुर महराका नाममा ट्विट एकपछि अर्को गर्दै ट्विटहरु आउन थालेपछि नेपाली राजनीति खासगरी सत्तारुढ दल नेकपामा नयाँ तरंग ल्याएको छ ।

पछिल्लो ट्विटमा महराले आफू प्रहरी हिरासतमा बस्नुपर्ने झ्वाकमा सेना समायोजनको पोल खोल्दिउ भन्दै प्रचण्डमाथि प्रश्न तेस्याएपछि नेकपाभित्र हलचल नै पैदा भएको छ ।

उनले ट्विट गर्दै भनेको छन् ” बिगत २४ घन्टा मेरा लागि चुनौतीपूर्ण भए।घरमै पुलिस आएर समातेर लान खोजे।पैसा र पावरले कुरा सामसुम बनाउन खोजेको सकिएन।अध्यक्ष दुबै नै म बिरुद्ध लागेको भान भएको छ।उबेला जुँगा मुठे नानीका बाको फन्ड म्यानेजर भएर यत्रो सहयोग गरियो,अहिले आएर थाङ्नामा सुताए।सेना समायोजनको कुरा खोतल्दिम?”

तर पछि उक्त ट्विट महराको नाममा फेक आईडी बनाई पोष्ट गरेको खुलेको छ । यसपछि फेक आईडी बनाई पोष्ट गर्ने व्यक्तिलाई समाउन प्रहरीलाई भनिसकेको बुझिएको छ ।

सेना समायोजन हुदाँ प्रचण्ड लगायत उनका सहकर्मी हरूलाई अरबौ भ्रष्टाचार गरेको आरोप लागेको थियो । अहिले महराको ट्वीट ले उक्त कुराको यथार्थ लाई बाहिर ल्याउने धमकी दिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्