महराको वयान अस्पतालमै लिने सरकारी वकिलको तयारी



काठमाडौ : भिभिआईपी यौनकाण्डमा मुछिएर हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको उच्च रक्तचापसँगै स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि उनलाई हिजो अस्पताल भर्ना गरिएको छ । प्रहरी हिरासतमा पुगेपछि निकै निरास देखिएका महराको उच्च रक्तचाप, सुगर र स्वासप्रस्वास सम्बन्धि समस्या रहेको थियो ।

उपचारका लागि प्रहरीले अस्पताल लैजान खोज्दा नमानेका महराको सामान्य उपचारका लागि चिकित्सकहरुको टोलीले हिरासतमै पुगेर उपचार गर्दै आएको थियो । आज पनि रोगले च्याप्दा समेत सुरुमा अस्पताल जान नमानेका महरालाई प्रहरीले विशेष अनुरोध गरेपछि स्वीकार गरेका थिए । आफ्न्त बाहेक कसैसँग भेट्न अनिच्छा देखाएका महरा हिरासतमा निकै निरास र डिप्रेसनको रोगी जस्तै देखिने एक प्रहरीले बताए । भेटघाट र अरुसँग बोल्नु भन्दा पुस्तकहरु पढेर महरा बस्दै आएका थिए ।

सिंहदरबार प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख महराको स्वास्थ्य अवस्था खराब भएपछि प्रहरीले नर्भिक अस्पतालमा भर्ना गरेको हो ।
स्वास्थ्यमा खराबी देखिए पनि उपचारका लागि अस्पताल जान नमानेका महराको स्वास्थ्य अवस्था शुक्रबार विहानदेखि अझ खराब हुँदै गएको थियो । प्रहरी श्रोतका अनुसार उनलाई भर्खरै प्रहरीले अस्पताल पुर्याएको हो ।

उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभाव जस्ता समस्याबाट ग्रसित महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएको थियो ।

पचारका लागि अस्पताल जान नमानेपछि हिरासतमै अक्सिजन दिइएको थियो । संसद सचिवालयमा कार्यरत एक कर्मचारीको यौन दुर्व्यवाहारको आरोप लगाएपछि महरा गत आईतबारदेखि प्रहरी हिरासतमा छन् ।

काठमाडौ भिभिआईपी यौनकाण्डमा मुछिएर हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको उच्च रक्तचापसँगै स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । प्रहरी हिरासतमा पुगेपछि निकै निरास देखिएका महराको उच्च रक्तचाप, सुगर र स्वासप्रस्वास सम्बन्धि समस्या रहेको थियो ।

उपचारका लागि प्रहरीले अस्पताल लैजान खोज्दा नमानेका महराको सामान्य उपचारका लागि चिकित्सकहरुको टोलीले हिरासतमै पुगेर उपचार गर्दै आएको थियो । आज पनि रोगले च्याप्दा समेत सुरुमा अस्पताल जान नमानेका महरालाई प्रहरीले विशेष अनुरोध गरेपछि स्वीकार गरेका थिए । ?दचश्र आफ्न्त बाहेक कसैसँग भेट्न अनिच्छा देखाएका महरा हिरासतमा निकै निरास र डिप्रेसनको रोगी जस्तै देखिने एक प्रहरीले बताए । भेटघाट र अरुसँग बोल्नु भन्दा पुस्तकहरु पढेर महरा बस्दै आएका थिए ।

सिंहदरबार प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख महराको स्वास्थ्य अवस्था खराब भएपछि प्रहरीले नर्भिक अस्पतालमा भर्ना गरेको हो ।

स्वास्थ्यमा खराबी देखिए पनि उपचारका लागि अस्पताल जान नमानेका महराको स्वास्थ्य अवस्था शुक्रबार विहानदेखि अझ खराब हुँदै गएको थियो । प्रहरी श्रोतका अनुसार उनलाई भर्खरै प्रहरीले अस्पताल पुर्याएको हो ।

उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभाव जस्ता समस्याबाट ग्रसित महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएको थियो ।

उपचारका लागि अस्पताल जान नमानेपछि हिरासतमै अक्सिजन दिइएको थियो । संसद सचिवालयमा कार्यरत एक कर्मचारीको यौन दुर्व्यवाहारको आरोप लगाएपछि महरा गत आईतबारदेखि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्