चिनियाँ राष्ट्रपतिको स्वागतमा दुलहीझैं यसरी सजियो काठमाडौं (फोटो फिचर)



काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुईदिने राजकीय भ्रमणको पूर्व सन्ध्यामा काठमाडौं दुलहीझैं सिङ्गारिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा २३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको उच्चस्तरीय राजकीय भ्रमण हुन लागेको हो ।

असोज २५ र २६ गते नेपालभ्रमणमा आउनुहुने चिनियाँ राष्ट्रपति सीको स्वागतको लागि काठमाडौंका विभिन्न स्थानहरुलाई महत्वका साथ सरसफाई र रङ्गरोगन गरिएको छ ।

त्यसैगरी, उहाँको स्वागतमा दुई देशबीचको छिमेकी सम्बन्ध सर्वोच्च शिखर सगरमाथा÷चोमोलोङ्वा जस्तै उचाईमा रहेको उल्लेख गर्दै स्वागतद्वार राखिएका छन् ।

त्यस्तै, जनवादी गणतन्त्र चीन स्थापना भएको ७० वर्ष पुगेको उपलक्ष्यमा शुभकामना दिइएको उल्लेख गर्दै स्वागतद्वार निर्माण गरिएका छन् ।

सडकमा रहेका पिलरहरुमा राष्ट्रपति भण्डारी र उहाँकी समकक्षी सीका नेपालका विभिन्न पर्यटकीय क्षेत्रका तस्बिरहरु पनि सजाइएका छन् । नेपालका विभिन्न पर्यटकीय क्षेत्रका तस्बिरहरु पनि सजाइएका छन् । सडकलाई कालोपत्रे गरिनुका साथै रेलिङ्गहरुमा रङ्गरोगन गरिएको छ ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा ाउनलाग्नुभएका चिनियाँ राष्ट्रपति सिको स्वागतमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, गौशाला, तीनकुने, नयाँ वानेश्वर, बबरमहल, माइतिघर, सिंहदरबार, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड क्षेत्रलाई सुसज्जित पारिएको छ ।

त्यसरी नै भद्रकाली, सुन्धारा, रत्नपार्क, दरबारमार्ग, केशरमहल, नागपोखरी, हात्तीसार, नक्साल भगवतीबहाललगायतका क्षेत्रमा सौन्दर्यता थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्