सिन्धुपाल्चोकमा बस दुर्घटना :सातको मृत्यु, ५० बढी घाइते



फाईल फोटो

सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिका वडा नं. ९ भोटसिपाको तीखु मोडबाट बस खस्दा सात जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन् । चौतारा, मेलम्ची, नवलपुर र भिमटारबाट घटनास्थल पुगी बसभित्र अड्केका शव निकाल्न प्रहरीले प्रयास गरिरहेको छ ।

दशैँ मनाएर राजधानी फर्कन लागेका स्थानीय दुर्घटनामा परेका हुन् । हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस सडकबाट करिव दुई सय मिटर तल खसेको छ । सुरुमा बसको टायर पंचर भएको थियो ।

टायरमा हावा गइरहेकै अवस्थामा चालकले बस अर्को मोडमा लैजाँदै गर्दा ब्रेक फेल भएर बस पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । गाडीमा सिटबाहेक उभिएर र झुण्डिएर यात्रु राजधानी आउँदै थिए । दुर्घटनामा इन्द्रावती ८ र ९ का स्थानीय हताहती भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्