अप्रिलदेखि जापानले नेपाली कामदार लैजाने, मासिक पारिश्रमिक न्यूनतम २ लाख



काठमाडौं: २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदार लैजाने भएको छ ।  जापानले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुनेगरी कानुन परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् ।

 

गत साता मात्र संशोधन भएको अध्यागमन नियन्त्रण कानुनले बढीभन्दा बढी विदेशीलाई राष्ट्रिय श्रम शक्तिमा जोड्ने योजना जापानले अघि सारेको खबर नयाँ पत्रिका दैनिकमा छ ।

 

वैदेशिक रोजगार विभागका अनुसार गएको कात्तिकसम्म २२ हजार ७ सय १२ जना नेपाली कामदार श्रम स्वीकृति लिएर जापान गइसकेका छन्। जापानमा काम गर्ने नेपाली श्रमिकको न्युनतम पारिश्रमिक मासिक दुई लाख रुपैयाँ भन्दा धेरै कमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्