सी आउने भएपछि यसरी विप्लव भए राजी



काठमाडौ : भूमिगत ढंगले हिंसा सहितको राजनीतिक गतिविधि गरिरहेका प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई उच्चपदस्थ विदेशी पाहुनाहरुको नेपाल भ्रमण बाक्लो भईरहँदा हाल हिंसा सम्बन्धि कुनै पनि घटना नगराउन सन्देश पठाएको सरकारलाई विप्लवले पनि जवाफी सन्देश पठाएका छन् ।

विप्लव समूहले उपत्यकामा हिंसा फैलाउने गरी दर्जनौ ड्रोन तयार पारेको र त्यसबाट उपत्यकाका विभिन्न महत्वपूर्ण ठाउँहरुमा आक्रमण गर्ने सूचना सरकारले पाएपछि हाल नक्खु कारागारमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश वली ( सुदर्शन) मार्फत सरकारले विप्लव समक्ष सन्देश पठाएको थियो ।

ओलीलाई भेट्न आउने विप्लव समूहका नेता तथा कार्यकर्ताहरुमार्फत सरकारी सन्देश विप्लव समक्ष पुगेको थियो । सरकारको यो सन्देशलाई विप्लवले सकारात्मक ढंगले लिएको श्रोतले बताएको छ ।

विप्लवले कारागारमा रहेका वलीलाई भेट्न जाने एक नेतामार्फत यो विषयमा सकारात्मक रहेको जवाफी सन्देश पठाएको बताईन्छ । मध्यकमाण्ड ईञ्चार्ज रहँदा पक्राउ परेका वलीले सरकारलाई राष्ट्रिय हितसँग जोडिएका कुनैपनि विषयमाथि हस्तक्षेप नर्गर्ने पार्टीको नीति भएको कारण विदेशी पाहुनाको भ्रमण विथोल्ने वा नकारात्मक सन्देश जाने कुरामा अग्रसर हुने पार्टीको नीति नभएको भन्दै सरकारसँग पार्टीको सन्देश पुर्याएका थिए ।

नेता वलीले सरकारलाई प्रवाह गरेको सन्देशमा चिनियाँ राष्ट्रपति सी आउदा पार्टीका तर्फबाट कुनै पनि घटना नगराउने प्रतिबद्धता पनि गरेका छन् । यो सन्देश गृहमन्त्री रामबहादुर थापा (वादल) हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्