लान्चौ–काठमाडौँ कार्गोरेलका पूर्वाधार निर्माण तीव्र



काठमाडौ : चीनले दक्षिण एसिया छिर्ने मालवाहक रेलका लागि लान्चौ–काठमाडौँमा पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । कान्सु प्रान्तको लान्चौ सहरको व्यापार प्रविधि कार्यालय गत मेमा काठमाडौँमा स्थापना भइसकेको छ ।

लान्चौ अन्नर्राष्ट्रिय बन्दरगाह, क्षेत्रीय लगानी तथा विकास कम्पनी लिमिटेडका अध्यक्ष वेई स्युका अनुसार काठमाडौँमा मालबाहक रेल वितरण केन्द्र, एसेम्ब्ली सेन्टर, वायरहाउस, सीमापार पार्किङ लगायत पूर्वाधार निर्माण गरिनेछन् ।

चीनले निर्माण गरिरहेको तीन मुख्य घरेलु मुक्खा बन्दरगाहमध्ये एक लान्चौ अन्तर्राष्ट्रिय बन्दरगाहले पछिल्ला वर्षहरुमा दक्षिण एसियाली अन्तर्राष्ट्रिय व्यापार च्यानल सुधारलाई तीव्रता दिएको छ र यसको कारण यहाँको उपभोक्ता बजार हो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्