दीपिकाले बताइन् रिसेप्सनमा किन आएनन् पूर्व प्रेमी रणबीर कपुर



एजेन्सीः दीपिका पादुकोणले इटलीमा विवाहपछि डिसेम्बर १ तारिखमा बलिउडका साथीहरुका लागि मुम्बईमा रिसेप्सन दिएकी थिइन् । यसमा थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो तर दीपिकाका पूर्व प्रेमी रणबीर कपुर भने देखिएनन् । ब्रेकअपपछि पनि दुई राम्रा साथी हुन् । त्यसकारण रणबीर रिसेप्सनमा किन उपस्थित भएनन् भन्ने कुरा सबैको प्रश्न थियो ।

 

हालै, फेमोस्ली फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा दीपिकाले रिसेप्सनमा रणवीर नआउनुको कारणबारे जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो अहिलेसम्म कुरा भएको छैन । मेरो मतलब रिसेप्सनअघि हामीबीच कुरा भएको थियो तर पार्टीपछि कुरा हुन सकेको छैन । तर उनी रणवीर हुन् । त्यसकारण उनी पार्टीमा नआएका कारण चकित छैन ।’

 

दीपिका भन्छिन्, ‘हामीबीच यस्तै सम्बन्ध छ र यो सम्बन्धको यही नै राम्रो पक्ष हो जहाँ केही नभनिकनै धेरै कुरा थाहा पाइन्छ ।’ दीपिका रणवीरको रिसेप्सनमा रणवीर कपुरबाहेक आलिया भट्ट पनि उपस्थित थिइनन् । स्रोतका अनुसार दुबै पार्टी भएको दिन फिल्म ब्रम्हास्त्रको सुटिङ गरिरहेका थिए । आजकाल रणबीर कपुर, आलिया भट्ट डेट गरिरहेका छन् । यसबारे आलियाका बुवा महेश भट्टले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्