किन पक्राउ परे पूर्वमन्त्री आलम



रौटहट : रौटहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री महोम्मद अफ्ताव आलम पक्राउ परेको जिल्लाप्रहरी कार्यालय रौटहटले जनाएको छ । २०६४ चैत्र २७ गते रौटहटको तत्कालिन फरदवा गाउँमा बम विष्फोट गराएको आरोप उनीमाथि लाग्दै आएको छ ।

त्यसबेला पहिलो संविधानसभाको चुनाव बिथोल्ने उदेश्यको साथ आलमको नेतृत्वमा भएको भनिएको बम विष्फोटमा केही व्यक्तिको मृत्यु समेत भएको थियो । लामो समयदेखि अनुसन्धानकै क्रममा रहेको उक्त घटना अहिले केन्द्रीय अनुसन्धान व्युरोले हेरिरहेको छ ।

व्युरोले उक्त बम विष्फोट घटनामा सांसद आलमको संलग्नता रहेको देखिएपछि थप अनुसन्धानका लागि सांसद आलमलाई पक्राउ गरिएको बताईएको छ । केन्द्रको निर्देशनमा पक्राउ परेका आलमलाई अहिले जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्