फर्किए राष्ट्रपति सी, यसरी गरियो एयरपोर्टमा विदाई (फोटोफिचर)



काठमाडौ : दुईदिने राजकीय भ्रमणका लागि हिजो शनिवार ४ः४५ बजे चाईनाको विशेष विमानमार्फत भारतको चेन्नईबाट काठमाडौ ओर्लिएका चिनियाँ राष्ट्रपति सी जिनफिङ आज आईतबार अप्रान्ह स्वदेश फर्किएका छन् । राष्ट्रपति सीलाई हिजो शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिईन भने आज आईतबार विमानस्थालमै पुगेरै विदाई गरेकी छन् ।

This image has an empty alt attribute; its file name is top-768x512.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेबी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरुसहित विशिष्ट पदाधिकारीहरुले विदाई गरेका छन् ।

त्यस अवसरमा राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । राष्ट्रपति सी विमानस्थल पुग्दा पञ्चकन्यासहित बालबालिकाहरुले नेपाल र चीनको राष्ट्रिय झण्डा फहराएका थिए भने विभिन्न सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । त्यस क्रममा राष्ट्रपति सीले अभिबादन फर्काउदै स्वदेश फर्कन विमान चढेका थिए ।

त्यसअघि राष्ट्रपति सी सोल्टी होटलबाट विमानस्थल जानुहुँदा सडकका किनारमा सर्वसाधारण, विद्यार्थी र राष्ट्रसेवक कर्मचारीहरुले दुबै देशका झण्डा फहराएका थिए ।

हिजो त्रिभुवन विमानस्थलबाट सिधै होटेल साल्टी पुगेका राष्ट्रपति सी त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुगेका थिए ।

This image has an empty alt attribute; its file name is Pro_Ktm_IMG_56852-576x768.jpg

त्यसपछि शितल निवासबाट होटेल सोल्टी फकेर्कका सीले हिजो प्रतिपक्षीदलका नेता एवं पूवप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी राजनीतिक भेटवार्ता शुरु गरेका थिए ।


त्यसपछि विभिन्न राजनीतिक दलका नेताहरु उपेन्द्र यादव, डा। बाबुरमा भट्टराई, महन्थ ठाकुर लगायतलाई भेट दिएपछि सी उनको सम्मानमा राष्ट्रपति भण्डारीद्धारा आयोजित रात्रीभोजमा सरिक भएका थिए ।

This image has an empty alt attribute; its file name is 72528991_412267306131063_2054522040110546944_n.png

This image has an empty alt attribute; its file name is 73100602_500758344111338_26373882336247808_n.png
This image has an empty alt attribute; its file name is 72354802_443555736283687_8535301942274949120_n.png


आज सीले सत्तारुढ दल नेकपा सचिवालय सदस्यहरुसँग सामुहिक भेटवार्ता गरेका छन् । त्यसपछि नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग वान टु वान वार्ता गरेका थिए ।

नेकपा नेताहरूसँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। त्यसपछि द्विपक्षीय वार्ता सम्पन्न गरेर राष्ट्रपति सी आज अप्रान्ह १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालबाट स्वदेश प्रस्थान गरेका छन् ।

This image has an empty alt attribute; its file name is 72527138_524334391444889_1600097599497437184_n.png
This image has an empty alt attribute; its file name is 72968266_515535495874744_3313028795929198592_n.png

This image has an empty alt attribute; its file name is Pro_Ktm_IMG_55383-768x512.jpg
This image has an empty alt attribute; its file name is 73049723_376765666534701_823454494611210240_n.png
प्रतिक्रिया दिनुहोस्