आईपीएल अक्सन सकियो, यी हुन् सर्वाधिक मूल्यमा विक्री भएका १० खेलाडी



एजेन्सी : सन् २०१९ मा हुने इन्डियन प्रिमियर लिग (आईपीएल)को  अक्सन सकिएको छ । यो सिजनको अक्सनमा सुचीमा परेका कुल ३ सय ४६ खेलाडी मध्य २० विदेशी र ४० भारतीय गरि ६० खेलाडीमाथि बोली लागेको छ । 

यो वर्ष भारतका जयदेव उनादकट र वरुण चक्रवतीमाथि सार्वधिक महँगो मुल्य लागेको छ । जयदेवलाई राजिस्थान रोयल्सले खरिद गरेको छ । गत वर्ष रोयल्सले नै उनलाई ११.५ करोडमा किनेको थियो ।

तर उनलाई रिलिज गरेर यस सिजनको लागि राजस्थानले नै ८ करोड ४० लाखमा किनेको छ । वरुण चक्रवतीलाई डेब्यूमै किंग्स इलाभेन पञ्जावले ८ करोड ४० लाख भारतीय रुपैयाँ खर्चेको छ ।

न्युजिल्यान्डका ब्रेन्डम मैकुलम, दक्षिण अफ्रिकाका हसिम अमला, इंग्ल्यान्डका एलेक्स हेल्सलगायत थुप्रै खेलाडीलाई कुनै टोलीले लिन चाहेनन् ।

यी हुन् सर्वाधिक महँगो मुल्यमा विक्री भएका १० खेलाडी :

जयदेव उनादकट ८ करोड ४० लाख राजस्थान रोयल्स
बरुण चक्रवती ८ करोड ४० लाख किंग्स इलाभेन पञ्जाव
साम करन ७ करोड २० लाख किंग्स इलाभेन पञ्जाव
कोलिन इन्ग्राम ६ करोड ४० लाख दिल्ली क्यापिटल्स
कार्लोस ब्रेथवेट ५ करोड कोलकत्ता नाइट राइडर्स
अक्षर पटेल ५ करोड दिल्ली क्यापिटल्स
 मोहित शर्मा ५ करोड चेन्नई सुपर किंग्स
शिवम दुबे ५ करोड रोयल च्यालेन्जर बेंगलोर
मोहम्मद सामी ४ करोड ८० लाख किंग्स इलाभेन पञ्जाव
निकोलस पुरन ४ करोड २० लाख किंग्स इलाभेन पञ्जाव

(उल्लेखित रकम भारुमा हो)

प्रतिक्रिया दिनुहोस्