म्यानचेस्टर सिटी कारवाओ कपको सेमिफाइनलमा



एजेन्सी : म्यानचेस्टर सिटी कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलमा लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा पुग्न सफल भएको हो ।

लेस्टरको घरेलु मैदानमा भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि  पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो । 

त्यसअघि खेलको १४औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाएका थिए । ७३औं मिनेटमा लेस्टरका मार्क अलब्रिङ्टनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्