भुटानी शरणार्थी शिविरमा भीषण आगलागी, नौ घर जले



झापा : झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा भीषण आगलागी भएको छ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आज आइतबार विहान १० बजे भिषण आगलागी भएको हो ।

आगलागीबाट नौ घर (छाप्रा) जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक दलकुमार राईका अनुसार एक वृद्ध शरणार्थी महिलाको घरबाट आगो सल्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । करिब ६५ वर्षिया फुलमाया राईको घरबाट आगो सल्केको र उहाँ एक्लै छाप्रोमा बस्दै आएका थिए । सामान्य घाइते उहाँको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दमक, गौरादहलगायत क्षेत्रका दमकले १ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको र अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
‘आगो ११ बजेर १५ मिनेटमा नियण्त्रणमा आएको छ र क्षतिको विवरण संकलन भइसकेको छैन’ राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्