पीएसजी फ्रेन्च लिग कपको क्वाटरफाइनलमा



एजेन्सी : ओर्लेन्सलाई २–१ ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ओर्लेन्सको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन एडिन्सन काभनी र मोसुवा डिवेले गोल गरे । ओर्लेन्सका जोसेफ रोमेरिक लोपीले एक गोल गरे ।

पीएसजीले खेलको ४१औं मिनेटमा एडिन्सन काभनीको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । ६९औं मिनेटमा जोसेफले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । तर, खेल सकिन ९ मिनेट बाँकी रहँदा मोसुवा डिवेले गोल गर्दै पीएसजीको जित पक्का गरे ।

प्रतिक्रिया दिनुहोस्