डीपीएलको अक्सन दर्ता आजदेखि



धनगढी: धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको लागि खेलाडी दर्ता प्रक्रिया खुला भएको छ । खेलाडी दर्ता फर्म भर्न आजदेखि पुस १० गतेसम्म एक साताको समय दिइएको छ ।  

 

आयोजक धनगढी क्रिकेट एकेडेमीले विगतमा झै यस वर्ष पनि अक्सनमार्फत खेलाडीको छनोट गर्दैछ भने वर्गिकरण गरिने छैन । खेलाडी स्वयंले दर्ता फारम भर्दा न्यूनतम ३० हजार देखि अधिकतम २ लाख ५० हजारसम्म बेस प्राईस निर्धारण गर्न सक्नेछन् ।

 

तेस्रो संस्करण यहि माघ १९ गतेदेखि फाल्गुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । खेलाडी अक्सन पौष १२ गते हुनेछ । फर्म भर्नका लागि डीपीएलको वेबसाइटमा फर्म भर्न सकिने व्यवस्था पनि मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्