राष्ट्रपति सीको भ्रमणका बेला सय भन्दा बढी पक्राउ



काठमाडौ : चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणमा दलाई लामा निकट र तिब्बती शरणार्थीले विरोध प्रदर्शन गर्न सक्ने पूर्वानुमान अनुसार नै उच्च सुरक्षा सतर्कता बढाएको प्रहरीले यसक्रममा करिब एक सय जना व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले खासगरी तिब्बती शरणार्थीहरू बसोबास गर्ने शिविरहरू र उनीहरूको उपस्थिति हुने क्षेत्र तथा विरोध जनाउन सक्ने सम्भावित क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको थियो ।

पक्राउ परेका मध्ये केहीबाट स्वतन्त्र तिब्बत अङ्कित टिसर्ट, झोला र ब्यानर बरामद भएको महानगरीय प्रहरीले जनाएको छ।

चीनका राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्दै हालसम्म झण्डै ६० जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले पुष्टि गरेको छ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विश्वराज पोखरेलले राष्ट्रपति सीको भ्रमणलाई दृष्टिगत गरी प्रहरीले विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा तिब्बती शरणार्थीलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको बताएका छन् ।

उनले भने, हालसम्म ६० जनालाई प्रकाउ गरिसकिएको छ। र, ती मध्ये २२ जनालाई सोधपुछ गरी छाडिएको छ भने बाँकी अन्य माथि अनुसन्धान जारी छ। तर श्रोतका अनुसार बौद्ध र जावलाखेल लगायतका क्षेत्रबाट एक सयभन्दा बढी व्यक्तिलाई सीको भ्रमणमा विभिन्न ढंगले विरोध गर्न सक्ने आशंकामा पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्