राजनीतिक संकटका कारण भेनेजुएलामा २० लाख मानिस विस्थापित



भेनेजुयलामा सन् २०१५ देखि सुरु भएको आर्थिक तथा राजनीतिक सङ्कटका कारण अहिलेसम्म करीब २० लाख नागरिक विस्थापित भएका छन्।

 

संयुक्त राष्ट्रसंघीय निकायले सोमबार दिएको जानकारी अनुसार हरेक दिन पाँच हजार जनाले भेनेजुयला छाड्ने गरेका छन्। 'मुलुक छाड्नेमध्ये सवैभन्दा धेरै ल्याटिन अमेरिकामा जाने गरेको पछिल्लो विवरणले देखाएको छ,' राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर)का प्रमुख फिलिप्पो ग्रान्टीले बताए।

 

'विस्थापित हुनेहरु बढ्दै गइरहेकाले उनीहरुलाई गैरराजनीतिक मानवीय पहुँच बढाउनका लागि भर्खरै मात्रै सुरु भएको छ,' उनले उल्ले गरे। मुलुक छाडेका २६ लाख जनता अहिले विभिन्न देशमा रहेको सरकारी श्रोतहरूलाई उद्धृत गर्दै शरणार्थी नियोगले जनाएको छ। 

 

भेनेजुयलालाई अहिले विभिन्न प्रकारका धेरै सहयोगहरुको खाँचो रहेको समाचारमा जनाइएको छ। तेल निर्यातमा आश्रित भेनेजुयलामा सन् २०१४ देखि नै असर पर्न थालेको अधिकारीहरूले बताएका छन्। 

 

राष्ट्रपति निकोलस मडुरोको सरकारका विरुद्धमा विपक्षीहरू र नागरिक समाजले आन्दोलन गर्न थालेपछि भेनेजुयलामा आर्थिक तथा राजनीतिक संकट बढ्दै गएको हो। रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ