दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी, आगो नियन्त्रण बाहिर



काठमाडौं : काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्जमा विद्युत सर्ट भएर आगालगी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी, दमकल र स्थानीयका सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।

आगो नियन्त्रण लिन सकिएको छैन । होटेलमा भएका ग्यास सिलिण्डर पड्किको आवाज टाढा टाढा सम्म सुनिएको स्थानीयले जनाएका छन् । आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्