ए डिभिजन लिगमा आज दुई खेल हुँदै



काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज तथा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् ।

विहान एघार बजे पुलिस क्लब ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ । आठ खेल सकिँदा नेपाल पुलिस क्लब १४ अंक सहित पाँचौं स्थानमा छ । ब्रिगेड ब्वाइज क्लब चार अंक जोड्दै पुछारबाट तेस्रो स्थानमा छ । 

आजै हुने दोस्रो खेलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबवीच प्रतिष्पर्धा हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने यो खेल दिउँसो साँढे दुई बजे हुनेछ ।

उपाधिको दाबेदारिता कायम राख्नका लागि थ्रीस्टारलाई यो खेल जित्नै पर्ने दबाब छ । किनभने तालिकामा थ्रीस्टार २१ अंक सहित तेस्रो स्थानमा छ । आर्मी १७ अंक सहित चौथो स्थानमा छ । थ्रीस्टार पराजित भएको खण्डमा उसलाई उपाधि अभियानमा गम्भिर धक्का लाग्नेछ ।

दोहोरो पहेँलो कार्डका कारण आर्मीका कप्तान भरत खवासले आजको खेल गुमाउनेछन् । जसको फाइदा थ्रीस्टारलाई हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्