अन्डाको बोक्राले अनुहार बनाउँछ चमकदार, यस्तो छ विधि



अन्डाको अनेक गुण छन् । अन्डालाई अन्य परिकारमा पनि सामेल गर्न सकिन्छ । त्यस्तै यसलाई सौन्दर्य प्रसाधनको रुपमा समेत प्रयोग गरिन्छ । केसलाई मुलायम बनाउनेदेखि छालालाई चम्किलो बनाउनसम्म अन्डा उपयोगी मानिन्छ ।

अन्डा प्रयोग गरेपछि अन्डाको बोक्रालाई मलखाँदको रुपमा फूल तथा तरकारीमा हाल्न सकिन्छ । त्यसबाहेक रंग लगाएर सजावटको सामग्री पनि बनाए हुन्छ ।

त्यसबाहेक अन्डाको बोक्रालाई सौन्दर्य प्रसाधनकै रुपमा प्रयोग गर्न सकिन्छ । एक अध्ययन अनुसार अन्डाको बोक्रा छालाको लागि एकदमै लाभदायक हुन्छ । अन्डाको बोक्रामा उपस्थित प्राकृतिक एसिडले छालालाई सफा राख्ने एवं चम्किलो बनाउने गुण हुन्छ ।

अन्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन्स हुन्छ । यसले छालालाई जवान र चमकदार बनाउँछ ।

कसरी प्रयोग गर्ने ?

अन्डाको बोक्रालाई मसिनो हुनेगरी पिसेर पाउडर बनाउने । यसरी तयार गरेको पाउडरलाई आवश्यक्ता अनुसर कहिले कागती त कहिले मह मिसाएर प्रयोग गर्न सकिन्छ । यसलाई जुन चिजसँग मिश्रण गरिन्छ, त्यही अनुसारको नतिजा हासिल हुन्छ ।

अनुहार चम्किलो र जवान देखाउँछ

अन्डाको बोक्राको पाउडरमा कागती र मह मिसाएर एक गाढा पेस्ट बनाउनेअन्डाको बोक्राको मास्क बिस्तारै अनुहारमा लगाउने । केहि समयपछि सफा पानीले धुने । यसले अनुहारको छालाको रोम छिद्र खुल्छ र सफा हुन्छ ।

त्यस्तै उक्त पाउडरमा मह र बेसन मिसाउने । यस माक्स अनुहारमा राम्ररी लगाएर १५ मिनेटसम्म त्यतीकै छाड्ने । त्यसपछि सफा पानीले धुनुपर्छ । हप्तामा तीन पटकसम्म यो अभ्यास गर्नुहोस् । अनुहार जवान र चम्किलो हुन्छ ।

बुढ्यौलीको संकेत मेट्छ

अन्डाको बोक्राको पाउडर तीन(चार चम्चा लिने र यसमा दही मिसाउने । उक्त मिश्रणमा एक चुड्की बेसार मिसाउने र यो पेस्टलाई अनुहारमा लगाउने । २० मिनेटपछि सफा पानीले धुनुपर्छ । यो माक्सको प्रयोगले तपाईमा बुढ्यौलीको संकेत देखा पर्दैन ।

आँखा मुनीको रुखो छालाको उपचार

यदि तपाईको आँखाको तलको छाला सुख्खा छ भने त्यसलाई पूर्नजीवित गर्नका लागि अन्डाको बोक्राको प्रयोग गर्नुपर्छ । २(४ चम्चा अन्डाको बोक्राको पाउडर लिने । त्यसमा मह मिसाउने । दुबैलाई राम्ररी मिसाउने र गोलाकार बनाएर आँखाको आसपासमा मसाज गर्ने । प्रत्येक दिन सुत्नुअघि यहि विधी दोहोर्‍याउने ।

यसरी छालालाई कोमल बनाउँछ

अन्डाको बोक्राको पाउडरमा घिउकुमारीमो जेल मिसाउने । यस माक्स अनुहारमा लगाएर सफा पानीले धुनुपर्छ । हप्तामा दुई पटक यो विधी अपनाउँदा छाला कोमल हुन्छ ।

प्रतिक्रिया दिनुहोस्