यी हुन् तुलसी सेवनका फाइदा



काठमाडौं: सामान्यतया तुलसी पाँच प्रकारका हुन्छन् । यद्यपी श्याम र श्वेत नामक तुलसी प्रायः जताततै पाइन्छ । यी दुई तुलसी स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक छन् ।  आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रुपमा लिइएको छ ।

 

तुलसीका यस्ता फाइदा

वायुमण्डलमा बहने दूषित हावालाई समेत यसले शुद्धिकरण गर्छ ।

जाडो याममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।

 

अक्सर जाडोमा हुने रुघाखोकी, निमोनिया, बोङक्राइटिस, घाँटीको समस्या र श्वासप्रश्वासमा हुने समस्यामा तुलसीको पात एकदमै लाभदायी हुन्छ ।

 

यसले चिसोको कारण हुने कफ र छाती दुखाइलाई पनि कम गर्छ। नियमित तुलसी सेवन गर्ने हो भने चिसो लाग्नबाट स्वतः बच्न सकिन्छ । तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, नाक बन्द भएको, पिनास र श्वास नली बन्द भएको समस्यामा राहत मिल्छ ।

 

तुलसीको सेवनले मुटु सम्बन्धी रोग, माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी समस्याबाट समेत बच्न सकिन्छ । नयाँ पत्रिका दैनिकवाट ।

प्रतिक्रिया दिनुहोस्