चटपटे खुवाएर बलात्कार गर्ने यसरी परे प्रहरीको फन्दामा



नवलपरासी : सँगै चटपट खान गएको युवतीलाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले दुईजनालाई पक्राउ गरेको छ ।

कावासोती नगरपालिका १० मगरकोटका २३ वर्षीय कृष्ण महतो र १६ वर्षीय अस्मित कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चटपट खाएर घर फर्कने क्रममा ती युवतीलाई खोलामा लगेर जबरजस्ती करणी गरेको अभियोग युवतीले लगाएकी छन् । जसअनुसार उनीहरुलाई पक्राउ गरे्को र युवतीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवाहरुलाई वलात्कारको विषयमा थप अनुसन्धान भईरहेको नवलपरासी प्रहरीले जनाएको छ । पीडित युवतीका आफन्तका जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्